जन्मदिन र शुभकामनाका शव्दहरु

25 11 2008

उदय जीएम
आजभोलि “बर्थडे”को खुबै प्रचलन चलेको छ । यी “बर्थडे”का भmमेलाहरु कहिलेकसो मेरो घरमा पनि आइलाग्छन्‍ । दु:खको कुरा हो कि सुखको ? आफूले यो उमेरसम्म आफ्नो “बर्थडे” भने देख्न पाइएन । शायद, जिन्दगी नै यसरी मिल्छ होला धुलोमा ।मेरा बाआमा भन्नुहुन्छ, “तँ असारमा जन्मेको होस्‍ ।” दोमास पनर्े डरले जन्मेको ३ दिनमै गहुँत खाएर चोखिनु भएको रे । Read the rest of this entry »





सिण्डिकेट प्रणालीविरुद्ध राप्तीमा दुइदिने बजार बन्दको घोषणा

19 11 2008

उदय जीएम
दाङ, ४ मंसिर ः राप्ती अञ्चलका पाँचवटै जिल्लामा क्रियाशील उद्योग वाणिज्य संघहरुले ढुवानीमा लगाइएको सिण्डिकेट प्रणालीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनका क्रममा व्यवसायीहरुले संर्घष्ा समिति गठन गरी बिहीवार र शुक्रवार राप्तीका सबै बजारहरु पर्ूण्ातः बन्द गर्ने घोषणा गरेका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघले सिण्डिकेट प्रणालीविरुद्ध आव्हान गरेको आन्दोलनका क्रममा बुधवार तुलसीपुर बजार दिनभर बन्द रहृयो । त्यसैगरी संघले थालेको आन्दोलनको र्समर्थनमा दाङ उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, नारायणपुर उद्योग वाणिज्य संघले पनि दिउँसो ३ बजेदेखि जिल्लाका प्रमुख बजारहरु बन्द गरेका थिए ।
यसैबीच दाङ जिल्लामा क्रियाशील विभिन्न उद्योग वाणिज्य संघहरुको संयुक्त बैठक बुधवार सदरमुकाम घोराहीमा बस्यो । उक्त बैठकले राप्ती अञ्चलमा अवैधानिकरुपमा राप्ती अञ्चल ट्रक व्यवसायी समितिले लगाएको सिण्डिकेट प्रणाली पर्ूण्ारुपमा खारेजीका लागि संर्घष्ा समिति गठन गरेको छ । संर्घष्ा समितिको संयोजकमा नेपाल उद्योग वाणिज्य महासंघका राप्ती अञ्चल प्रतिनिधि अमरराज आचार्य रहेका छन् । राप्ती अञ्चलमा स्थापित र क्रियाशील सबै उद्योग वाणिज्य संघहरुको प्रतिनिधित्व हुनेगरी ३३ सदस्यीय संर्घष्ा समिति गठन गरिएको हो ।
बैठकले राप्ती अञ्चलका पाँचवटै जिल्लामा क्रियाशील उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु कोही पनि राप्ती अञ्चल ट्रक व्यवसायी समितिको कुनै पनि पदमा रहेको भए त्यसबाट तत्काल राजीनामा दिने निर्ण्र्ाागरेको दाङ उद्योग वाणिज्य संघका महासचिव मधुसूदन वैद्यले जानकारी दिनुभयो । महासचिव बैद्यका अनुसार पाँचवटै जिल्लाका बजारहरु बन्द गर्नुका साथै संर्घष्ाका अन्य कार्यक्रमहरु पनि तय गरिएका छन् । उनका अनुसार बिहीवार १२ बजेदेखि २ बजेसम्म पाँचवटै जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने र शुक्रवारसम्म पनि माग पूरा नभए पाँचवटै जिल्ला प्रशासन कार्यालयहरुमा १२ बजेदेखि २ बजेसम्म तालाबन्दी गरिनेछ ।
दाङ उद्योग वाणिज्य संघले बुधवार जारी गरेको विज्ञप्तिअनुसार बैठकले दाङ जिल्ला टे्रक्टर व्यवसायी समितिको हालै बसेको साधारणसभाले सिण्डिकेट प्रथालाई खारेज गरेकोमा समितिलाई धन्यवाद दिएको छ । बैठकमा दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यानमा क्रियाशील विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षता एवं संघका राप्ती अञ्चल प्रतिनिधि अमरराज आचार्यको प्रमुख आतिथ्यमा बसेको थियो ।
महासचिव वैद्यका अनुसार बिहीवार बिहान १० बजेदेखि दाङमा त्रिपक्षीय वार्ता हुने भएको छ । वार्तामा दाङ जिल्लामा क्रियाशील सबै उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, राप्ती अञ्चल ट्रक व्यवसायी समिति र दाङका प्रमुख जिल्ला अधिकारीको सहभागिता रहने बताइएको छ ।





दाङमा पहिलोचोटी दर्ुइ लाख जनताद्वारा राजतन्त्रविरोधी पर््रदर्शन

20 04 2006

बजारैभरि जुलुसै जुलुस, सुरक्षाकर्मीले मैदान छाडे, कर्मचारी र प्रहरीद्वारा ताली पिटेर स्वागत

उदय जीएम

दाङ, ७ बैशाख ः सात राजनीतिक दलहरुले आव्हान गरेको आमहडतालको पन्ध्रौं दिन दाङमा पहिलोचोटी दर्ुइ लाख जनताले अभूतपर्ूवरुपमा राजतन्त्रविरोधी पर््रदर्शनहरु गरेका छन् । सदरमुकाम घोराहीमा १ लाखभन्दा बढीले पर््रदर्शन गरेका छन् भने अञ्चल सदरमुकाम तुलसीपुरमा ५० हजारभन्दा बढी र लमहीमा ५० हजारभन्दा बढीको संख्यामा पर््रदर्शन भएका छन् । सदरमुकाम घोराहीको बजारैभरि जहाँतहीं जुलुसै जुलुस थिए भने सुरक्षाकर्मीहरुले मैदान खाली गरेका थिए । सडकछेउँमा रहेका कर्मचारी र प्रहरीहरुले पनि ताली पिटेर पर््रदर्शनकारीहरुको स्वागत गरेका थिए ।

घोराहीको तुलसीपुरचोकबाट प्रारम्भ भएको जुलुसले राजतन्त्रको विरोधमा चर्का नाराहरु लगाउँदै दामोदरचोक, त्रिभुवनपार्क, शाही सेना रोड, नयाँबजार, पिपलबोट, ट्राफिकचोक, नयाँसडक हुँदै लोकतान्त्रिक आन्दोलनका प्रथम शहीद उमेशचन्द्र थापा रोडको छेउँमा रहेको मैदानमा पुगी सभामा परिणत भएको थियो । सभालाई नेपाली कांग्रेस दाङका सभापति वीरकेशरी गौतम र कमानसिंह डाँगी, नेपाल कम्युनिष्ट पार्टर्ीीएमाले) दाङका सचिव शोभाराम बस्नेत, जनमोर्चा नेपाल दाङका अध्यक्ष भरत भण्डारी, नेपाली कांग्रेस -प्रजातान्त्रिक) दाङका सभापति मोहनलाल वली, वाममोर्चाका तुलसा केसी र महेन्द्र कतिला, नेपाल बार एशोसियशन दाङका अध्यक्ष अधिवक्ता विष्णुप्रसाद धिताल, दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रराज पन्त, प्राध्यापक रेवतीरमण भट्टर्राईले सम्बोधन गर्नुभएको थियो । उक्त सभालाई महिला, जनजाति, दलित, पेशाकर्मीलगायत विभिन्न पक्षका व्यक्तित्वहरुले पनि सम्बोधन गर्नुभएको थियो । सबै वक्ताहरुले राजतन्त्रले आफ्नो अन्तिम दिन गनिरहेको दावी गर्दै आन्दोलनलाई सम्झौतामा नटुंग्याउन चेतावनी दिइएको थियो ।

सधैंभरिको जुलुसको पछिपछि प्रहरीको भ्यान हिड्ने गरे तापनि यसपटकको जुलुसमा प्रहरीको अनुहारै देख्न पाइएन । नेपाल बैंक लिमिटेडका कर्मचारीहरुले र नेपाल टेलिकमको छतमा बसेका सुरक्षाकर्मीहरुले ताली पिटेर पर््रदर्शनकारीहरुलाई स्वागत गरेका थिए । यसपटकको पर््रदर्शनमा नगरपालिका निर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिहरु, कहिल्यै जुलुसमा नजाने व्यक्तिहरु र जिल्लाका विकट क्षेत्रबाट दर्ुइ दिन हिडेर आएका र्सवसाधारण गाउँलेहरु पनि सहभागी रहेका थिए ।

सेनाको गोलीबाट दाङमै लोकतान्त्रिक आन्दोलनका प्रथम शहीद उमेशचन्द्र थापा मारिए तापनि त्यसपछिका हरेक पर््रदर्शनहरुमा यहाँको सुरक्षानिकायले अत्यन्त संयमता अपनाएको छ । उमेशचन्द्र थापा मारिनुअघि प्रत्येक पर््रदर्शन, मसाल जुलुस आदिमा हस्तक्षेप र लाठीचार्ज गरिँदै आए तापनि त्यसपछि भने यहाँका सुरक्षाकर्मीहरुले मसाल जुलुस पर््रदर्शनसमेत निर्वाधरुपमा गर्न दिइरहेका छन् ।

यसैगरी राप्ती अञ्चलको सदरमुकाम तुलसीपुरमा पनि विहीवार नै पचासौं हजारको संख्यामा राजतन्त्रविरोधी पर््रदर्शन भएको छ । शान्तिपर्ूण्ारुपमै भएको उक्त जुलुसले नगरपरिक्रमा गरी सभामा परिणत भएको थियो । उक्त सभालाई नेपाल कम्युनिष्ट पार्टर्ीीएमाले) राप्ती अञ्चल समन्वय कमिटीका सचिव छविलाल वली, जनमोर्चा नेपालका दर्ुगा भण्डारी, नेपाली कांग्रेसका केशव आचार्य, नेपाली कांग्रेस प्रजातान्त्रिकका भरत केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो ।

झण्डै पचास हजारकै संख्यामा देउखुरी उपत्यकाको लमही बजारमा पनि विहीवार पर््रदर्शन भएको छ । कांगे्रसका क्षेत्रीय सभापति बासुदेव गंगलीको सभापतित्वमा भएको सो कार्यक्रमलाई एमाले दाङका निवर्तमान सचिव रेवतीरमण शर्मा, नेपाली कांग्रेस -प्रजातान्त्रिक)का जानकीलाल बस्नेत, नेपाली कांग्रेस दाङका जिल्ला सदस्य शिवकुमार शर्मा, अनुप थापा, सुश्री लीला थापा, अखिल नेपाल महिला संघकी कमला बेल्वासे, पार्वती केसी, सरस्वती गौतम, जनमोर्चा नेपालका महेश रिजाल र एमालेका सहजराम यादव लगायतले सम्बोधन गर्नुभएको थियो । त्यस अवसरमा र्स्वर्गद्वारी सांस्कृतिक कलाकेन्द्र लमही र रक्तिम परिवारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।





लोकतान्त्रिक आन्दोलनमा विभिन्न संघसंस्थाद्वारा ऐक्यवद्धता जनाउने क्रम जारी

17 04 2006

मेरो नेपाल समाचारदाता

४ बैशाख २०६३

सात राजनीतिक दलहरुद्वारा आव्हान गरिएको आमहडताल लम्बिदै गइरहँदा जिल्लास्थित विभिन्न संघसंस्थाहरुले त्यसप्रति ऐक्यवद्धता जनाउँदै पर््रदर्शन गर्ने क्रम जारी रहेको छ । हालसम्म आन्दोलनमा नदेखिएका संघसंस्थाहरु पनि आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सडकमा उत्रिने क्रममा सोमवार संयुक्त दलित आन्दोलन संयोजन समिति दाङले विशाल पर््रदर्शनको आयोजना गर्‍यो ।

संयुक्त दलित आन्दोलन संयोजन समितिमा रहेका जातीय समता समाज, नेपाल राष्ट्रिय दलित मुुक्ति संगठन, नेपाल स्वतन्त्र सिलाई यूनियन, नेपाल सुनचाँदी व्यवसायी समिति र नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजका व्यानरहरुमा आएका आन्दोलनकारीहरुले लोकतन्त्रमा मात्र दलितहरुको हकहित सुरक्षित हुने दावी गरेका थिए । चक्रबहादुर विश्वकर्माको सभापतित्वमा भएको सो कार्यक्रममा रिमा नेपाली, उदय स्वर्ण्र्ाार, खड्गबहादुर विश्वकर्मा, प्रभात स्वर्ण्र्ाार, विष्णु धिताल, नारायणप्रसाद शर्मा, शरद अधिकारी, सविन प्रियाशन लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी सदरमुकाम घोराहीमै दिउँसो सात राजनीतिक दलहरुको पर््रदर्शन तथा बेलुकी विद्यार्थी संगठनहरुको मसाल जुलुस पर््रदर्शन गरिएको थियो । त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघ तुलसीपुरमा सोमवार नै विशाल पर््रदर्शन गरिएको थियो । जिल्लाका विभिन्न स्थानहरुमा गाविस तथा गाउँस्तरका कार्यक्रमहरु पनि सम्पन्न भइरहेका छन् ।





र्स्वर्गद्वारी एफएमलाई ‘अखबार कार्यक्रम’ प्रसारणमा रोक

17 04 2006

मेरो नेपाल समाचारदाता

४ बैशाख २०६३

र्स्वर्गद्वारी एफएमले बिहान प्रसारण गर्दै आएको ‘अखबार कार्यक्रम’लाई स्थानीय प्रशासनले रोक लगाएको छ । स्थानीय प्रशासनले केही समयलाई उक्त कार्यक्रम प्रसारण नगर्न भनेकाले कार्यक्रम बन्द गरिएको स्टेशन म्यानेजर दधिराम सुवेदीले बताउनु भयो ।

रेडियो सगरमाथाद्वारा उत्पादित अखबार कार्यक्रमलाई टेलिफोनको माध्यमबाट र्स्वर्गद्वारी एफएमले लामो समयदेखि प्रसारण गर्दै आएको थियो । सोमवार बिहान उक्त कार्यक्रम रेडियोबाट प्रसारण नभएपछि स्रोताहरुले एकदमै खल्लो अनुभूति गरेका छन् । कार्यक्रममा रोक लगाइएपछि र्स्वर्गद्वारी एफएमका स्रोताहरु सरकारी रवैयाप्रति आक्रोशित भएका छन् ।





माओवादी अध्यक्ष प्रचण्डको प्रतिक्रिया

14 04 2006

श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट नव वर्ष२०६३ को अवसरमा देशवासीका नाममा बक्सेको सन्देशप्रति नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)का अध्यक्ष प्रचण्डले बैशाख १ गते एक विज्ञप्तिमार्फ कडा प्रतिक्रिया जनाउनु भएको छ । विज्ञप्तिको पर्ूण्ा पाठ यसप्रकार छ ः Read the rest of this entry »





संकटमा परेको बालापन

22 02 2006

- विकिरण गौतम

“जब म अरु केटाकेटीहरुलाई स्कुले लुगा लगाएर स्कुल गएको देख्छु, मलाइ रुन मन लाग्छ । तर जब म आफ्नो जीवनको वास्तविकतालाई सम्झन्छु , अनि चुप्प लाग्छु । मैले नोकर भएर काम गरेको ४/५ बर्षभयो । मैले आफ्नो क्षमताले भ्याएभन्दा बढी काम गर्नर्ुपर्छ । बिरामी पर्दा मालिकले कहिल्यै पनि मेरो उपचार गर्दैनन् । उनीहरुले मलाई स्कुल जान पनि दिदैनन् । मैले कति कमाउँछु मलाई थाहा छैन । मेरो बुबा हरेक महिना आउँछन र होटल मालिकसँग पैसा लिएर जान्छन् । मैले सानो गल्ती गरे पनि सबैको अगाडि धेरै गाली सुन्नु पर्दछ । मालिक निर्दयी छ , मलाई पिट्छ । -कमल बर्ष११)

“मेरो मालिकहरुको एक २१ वषर्ीय छोरो छ । उसले मलाई बलात्कार गर्न धेरै पटक कोसिस गर्‍यो । ऊ फेरि यस्तो प्रयास गर्न आउँछ कि भनेर म प्रत्येक रात डर्राई डर्राई बिताउँछु । कहिलेकाहिँ मेरो मालिकले यस्तो तरिकाले मलाई छुन्छ कि मलाई अप्ठेरो लाग्दछ । एउटी केटी भएकोले मैले यस्ता कुरा कोसँग भनुँ । मेरो भएभरको ठाउँ भन्नु नै भर्‍याङ छेउँको कुनो हो । मैले मेरा बाबुआमालाई मालिकहरुका सामु मात्रै भेट्न पाउँछु । म भर्‍याङमुनि सुत्छु, मेरा लुगाहरु फाटेका छन । सबैले खाएर उब्रेको खाना मात्र मलाई खान दिन्छन कुनै दिन त खाना यति थोरै हुन्छकि म भोकै सुत्छु ।” -सीता १४ बर्ष

यी आवाजहरु नेपालका लाखौं बाल श्रमिकहरुका प्रतिनिधि आवाजहरु हुन । नेपालका बाल श्रमिकहरुले दिनरात भोग्नुपर्ने यस्तै यस्तै अनेकौं पीडा, नियति र उनीहरुका आवाजहरु अझै पनि धेरैका कानमा परेका छैनन । स्कुल जाने उमेर भएर पनि अवसर नपाएर आफूभित्र रहेका क्षमता दबाएर बाँचिरहेका यिनीहरु अवसर पाएमा आफूभित्र रहेका अन्तरनिहित क्षमता र प्रतिभाहरुलाइ प्रस्फुटन गरेर सक्षम नागरिक बन्नसक्ने यी कलिला भविष्यहरु आफ्नो सुन्दर भविष्यको रेखा कोर्नर्ुपर्ने बेलामा दिनरात उत्पीडन खेपेर बाँच्न विवश छन् । बाल श्रमशोषण हाम्रो जस्तो आर्थिकरुपले पिछडिएको र शोषणको जगमा अडिएको समाजको एउटा तीतो वास्तविकता हो । असचेतनता, गरिवी, विपन्नता र अन्यायपर्ूण्ा सामाजिक सम्बन्धहरु तथा जीविकोपार्जन र परिवारलाइ गर्नुपर्ने आर्थिक सहयोगका लागि हाम्रो देशका यि भविष्यहरु घरेलु श्रमिक, गोठाला, हेराला, प्लास्टिक र फोहर टिप्ने, कृषि मजदूर, वन, खानी, विभिन्न कारखाना, गिट्टी कुट्ने तथा होटेल र रेष्टुराँ आदि ठाउँहरुमा कठिन अवस्थामा रहेर श्रम गरिरहेका छन ।

अन्तराष्ट्रिय श्रम संगठन ९क्ष्ीइ० ले १९९८ मा गरेको च्बउष्म ब्ककभकsmभलत का अनुसार नेपालमा १४ बर्षुनिका ९० लाख बालबालिका रहेकोमा जसमध्ये ५ देखि १४ बर्षउमेर समुहका झण्डै २६ लाख बालबालिकाहरु विभिन्नखाले श्रममा प्रयोग भइरहेका छन् । पाँचै बर्षो कलिलो उमेरबाटै श्रम गर्न बाध्य यी बालबालिकाहरुले कार्यस्थलमा जोखिमपर्ूण्ा काम गर्नर्ुपर्ने, उमेरको तुलनामा बोझयुक्त गाह्रो काम गर्नर्ुपर्ने, लामो कार्यघण्टा र रातको समयमा पनि काम गर्नर्ुपर्ने, न्युनतम ज्यालाबाट पनि बञ्चित हुनर्ुपर्ने, शिक्षा, स्वास्थ्य, पोषण, पारिवारिक माया र ममताबाट बञ्चित हुनर्ुपर्ने, शोषण, दर्ुर्ब्यवहार सहनर्ुपर्ने, शारीरिक, मानसिक यातनाका साथै यौनशोषणमा पर्ने जस्ता खतराजन्य समस्या तथा जोखिमपर्ूण्ा व्यवहारहरु झेल्नु परिरहेको छ । जसले गर्दा यी अवस्थाहरुका कारण यिनीहरुको र्सवाङ्गीण विकासमा बाधा र भविष्य अन्धकार त भएको छ नै मुलुकले पनि भविष्यको दक्ष जनशक्ति पनि गुमाइरहेको छ ।

बालबालिकाहरु भोलिका सुन्दर भविष्य हुन् । भविष्यका यी कलिला मुनाहरुलाई भोलिका सक्षम नागरिक बनाउन उपयुक्त वातावरणको आवश्यकता रहन्छ । यसका लागि चाहिने आधारभूत कुराहरुको व्यवस्था गर्नु उचित तथा गुणस्तरीय शिक्षा दिनु, स्वास्थ्य सेवा पुर्‍याउनु, खेल मनोरञ्जन र आराम गर्न दिनु, माया स्नेह गर्नु, हेला, दर्ूर्व्यवहार र सबैखाले शोषणबाट जोगाए मात्र स्वर्णर्ीम भविष्यको परिकल्पना गर्न सकिन्छ । शान्ति, सुरक्षा, समझदारी र असल वातावरणभित्र रही गुणस्तरीय शिक्षा हासिल गर्दै शोषण, उत्पीडन, तिरस्कार तथा अशिक्षाबाट संरक्षण प्राप्त गर्दै आफ्नो बालापन बिताउन पाउनु प्रत्येक बालबालिकाको अधिकार हो । यसको साथै वातावरण बनाइदिनु प्रत्येक वयस्क र राज्यको दायित्व हो । तर विडम्वना २१ औं शताव्दीमा आइपूग्दा पनि हाम्रो मुलुकका लाखौं बालबालिकाहरु बाल श्रमिकको रुपमा कष्टकर जीवन विताउन विवश भइरहेका छन् । उनीहरु आफ्नो बालापन खोसिएको पीडा भोग्न वाध्य छन् ।

नेपालले बालअधिकार महासन्धि १९८९ लाई अनुमोदन गरिसकेको छ । उक्त महासन्धिको धारा २२ ले कुनै पनि बालक आर्थिक शोषणदेखि, खतरापर्ूण्ा कामदेखि वा कामले गर्दा उसको पढाइ ब्रि्रने अवस्था देखि वा स्वास्थ्यमा हानी गर्ने कामदेखि वा उसको शारीरिक, मानसिक, आत्मिक, नैतिक तथा सामाजिक विकासमा वाधा पुर्‍याउने कुनै पनि खालका क्रियाकलापदेखि जोगिन पाउने उसको अधिकार हो भनी उल्लेख गरेको छ । त्यसैगरी बालश्रमसम्बन्धी आइएलओको महासन्धिलाई पनि नेपालले अनुमोदन गरिसकेको छ । यसका अतिरिक्त बालश्रम विरुद्धका सबैजसो अन्तर्रर्ााट्रय सन्धि र कानूनहरुलाई पनि अनुमोदन गरिसकेको छ । उक्त अन्तर्रर्ााट्रय महासन्धि तथा सन्धिहरुलाई लागू गर्न र नेपालमा बालश्रम शोषणको अन्तका लागि विभिन्नखाले ऐन कानूनहरु बनेका छन् । नेपाल अधिराज्यको संविधान २०४७, बालबालिकासम्बन्धी ऐन २०४८, नियमावली २०५१ र बालश्रम निषेध एवं नियमित गर्ने ऐन २०५६ मा १४ वर्षुनिका बालबालिकालाई श्रममा प्रयोग गर्न बन्देज लगाइएको छ । त्यसैगरी १५ देखि १६ वर्षउमेर समूहकालाई भने साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म काममा लगाउन हुँदैन र लगातार ३ घण्टा काम गरे आधाघण्टा आराम र हप्ताको ३६ घण्टा र एक दिन बिदा दिनुपर्ने व्यवस्था छ । यसका अतिरिक्त बालबालिकाहरुलाई बालश्रम, बिक्री तथा जीउ मास्ने, बेच्ने, बँधुवा बनाउन नपाइने व्यवस्था पनि ऐन कानुनहरुमा उल्लेख छ । यदि त्यसो गरेमा कडा दण्ड सजायको व्यवस्था ऐनहरुले गरेका छन् । यसका अतिरिक्त राष्ट्रिय नीति र कार्यक्रमहरु पनि बनेका छन् । तर विडम्वना ! अव्यवस्थित र कमजोर संयन्त्र, दृढ प्रतिवद्धताको अभाव र अस्थिर राजनैतिक परिवेशका कारण राज्यले आफूले बनाएका ऐन कानुन र प्रतिवद्धता व्यक्त गरेका अन्तर्रर्ााट्रय कानूनहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकेको छैन ।

बालश्रम शोषणको अन्तको कुरा अब १/२ वटा संस्था वा सरकारी संयन्त्रबाट मात्रै सम्भव छैन । यो एउटा गम्भीर राष्ट्रिय समस्या भएकोले यसको अन्तका लागि सरकारी निकाय, संघसंस्थाहरु, व्यक्ति, समूह, नागरिक समाज, सञ्चारकर्मी, मानवअधिकारवादीहरु, टे्रड युनियनहरु तथा राजनैतिक दलहरु सबैको सामूहिक पहल आवश्यक छ । सबै पक्षको पहलमा मात्र हामी यी बालबालिकाहरुको खोसिएको बालापन फिर्ता गर्न सक्छौं र यो कलंकको अन्त गर्न सक्छौं ।





बन्दीहरुद्वारा नगरपालिकाको चुनाव बहिष्कार गर्न आग्रह

6 02 2006

दाङ, २४ माघ ः जिल्ला प्रहरी कार्यालय दाङमा बन्दी जीवन बिताइरहेका आन्दोलनरत दलका २० जना नेता तथा कार्यकर्ताहरुले नगरपालिका चुनावलाई सशक्तरुपमा बहिष्कार गर्न आम जनतालाई आग्रह गरेका छन् । सोमवार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी बन्दीहरुले भनेका छन्- ‘नगरपालिकाको चुनाव पर्ूण्ातः असंवैधानिक छ । मुलुकको समस्या समाधान नगर्ने चुनावको कुनै औचित्य छैन ।

‘नगरपालिका निर्वाचन धोका हो’- संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘यो शाही कदमलाई मजबूत पार्न चालिएको षडयन्त्र हो ।’ यसरी संयुक्त विज्ञप्ति प्रकाशित गर्नेहरुमा कारागार शाखाको १५ दिने पर्ुर्जी दिई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएका जिल्ला विकास समिति दाङका पर्ूव उपसभापति खगराज पाण्डे, राजु खनाल, भरतबहादुर न्यौपाने, पाण्डव खनाल, दामोदर शर्मा, रणबहादुर भण्डारी, एमालेका वीरबहादुर के.सी., मोहन गिरी, टोपबहादुर झाँक्री, केशव भुसाल, ठाकुर वली, सन्तोष पौडेल, निरोध गौतम, नेपाली कांग्रेस -प्रजातान्त्रिक) दाङका पर्ूवसभापति हरि रजौरे, र्सर्ूयप्रकाश राना, एम.बी. के.सी., किरण न्यौपाने, राजकुमार धिताल र जनमोर्चा नेपाल दाङका सदस्य र्सर्ूय पौडेल हुनुहुन्छ ।





प्रहरी हिरासतमै विद्यार्थीहरुको बैठक, गायिका वलीलाई सामाजिक बहिष्कार गरिने

6 02 2006

दाङ, २४ माघ ः जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी संगठनको संयुक्त बैठक जिल्ला प्रहरी कार्यालयमै सम्पन्न भएको छ । उक्त बैठकले नौटंकीमा परिणत भएको नगरपालिका निर्वाचनलाई सशक्तरुपमा बहिष्कार गर्न आव्हान गर्दै तुलसीपुर नगरपालिकामा प्रचारप्रसारमा हिडेकी लोकगायिका कोमल वलीलाई सामाजिक बहिष्कार गर्ने निर्ण्र्ाागरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा भएको उक्त बैठकमा नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष निर्मल न्यौपाने, अखिल -एकीकृत) दाङका अध्यक्ष गणेश आचार्य, माले अखिल दाङका उपाध्यक्ष महेन्द्र शाह, एमाले अखिल रोल्पाका सचिव ठाकुर वली र एमाले अखिलकै राष्ट्रिय परिषद सदस्य केशव भुसालको उपस्थिति रहेको थियो । उक्त बैठकले नगरपालिका निर्वाचनको बहिष्कार कार्यक्रमअर्न्तर्गत हुने सबैप्रकारका आन्दोलनमा सरिक हुन पनि आग्रह गरेको छ ।