संकटमा परेको बालापन
February 22, 2006 at 6:11 pm (पाहुनाको कलम)
- विकिरण गौतम
“जब म अरु केटाकेटीहरुलाई स्कुले लुगा लगाएर स्कुल गएको देख्छु, मलाइ रुन मन लाग्छ । तर जब म आफ्नो जीवनको वास्तविकतालाई सम्झन्छु , अनि चुप्प लाग्छु । मैले नोकर भएर काम गरेको ४/५ बर्षभयो । मैले आफ्नो क्षमताले भ्याएभन्दा बढी काम गर्नर्ुपर्छ । बिरामी पर्दा मालिकले कहिल्यै पनि मेरो उपचार गर्दैनन् । उनीहरुले मलाई स्कुल जान पनि दिदैनन् । मैले कति कमाउँछु मलाई थाहा छैन । मेरो बुबा हरेक महिना आउँछन र होटल मालिकसँग पैसा लिएर जान्छन् । मैले सानो गल्ती गरे पनि सबैको अगाडि धेरै गाली सुन्नु पर्दछ । मालिक निर्दयी छ , मलाई पिट्छ । -कमल बर्ष११)
“मेरो मालिकहरुको एक २१ वषर्ीय छोरो छ । उसले मलाई बलात्कार गर्न धेरै पटक कोसिस गर्यो । ऊ फेरि यस्तो प्रयास गर्न आउँछ कि भनेर म प्रत्येक रात डर्राई डर्राई बिताउँछु । कहिलेकाहिँ मेरो मालिकले यस्तो तरिकाले मलाई छुन्छ कि मलाई अप्ठेरो लाग्दछ । एउटी केटी भएकोले मैले यस्ता कुरा कोसँग भनुँ । मेरो भएभरको ठाउँ भन्नु नै भर्याङ छेउँको कुनो हो । मैले मेरा बाबुआमालाई मालिकहरुका सामु मात्रै भेट्न पाउँछु । म भर्याङमुनि सुत्छु, मेरा लुगाहरु फाटेका छन । सबैले खाएर उब्रेको खाना मात्र मलाई खान दिन्छन कुनै दिन त खाना यति थोरै हुन्छकि म भोकै सुत्छु ।” -सीता १४ बर्ष
यी आवाजहरु नेपालका लाखौं बाल श्रमिकहरुका प्रतिनिधि आवाजहरु हुन । नेपालका बाल श्रमिकहरुले दिनरात भोग्नुपर्ने यस्तै यस्तै अनेकौं पीडा, नियति र उनीहरुका आवाजहरु अझै पनि धेरैका कानमा परेका छैनन । स्कुल जाने उमेर भएर पनि अवसर नपाएर आफूभित्र रहेका क्षमता दबाएर बाँचिरहेका यिनीहरु अवसर पाएमा आफूभित्र रहेका अन्तरनिहित क्षमता र प्रतिभाहरुलाइ प्रस्फुटन गरेर सक्षम नागरिक बन्नसक्ने यी कलिला भविष्यहरु आफ्नो सुन्दर भविष्यको रेखा कोर्नर्ुपर्ने बेलामा दिनरात उत्पीडन खेपेर बाँच्न विवश छन् । बाल श्रमशोषण हाम्रो जस्तो आर्थिकरुपले पिछडिएको र शोषणको जगमा अडिएको समाजको एउटा तीतो वास्तविकता हो । असचेतनता, गरिवी, विपन्नता र अन्यायपर्ूण्ा सामाजिक सम्बन्धहरु तथा जीविकोपार्जन र परिवारलाइ गर्नुपर्ने आर्थिक सहयोगका लागि हाम्रो देशका यि भविष्यहरु घरेलु श्रमिक, गोठाला, हेराला, प्लास्टिक र फोहर टिप्ने, कृषि मजदूर, वन, खानी, विभिन्न कारखाना, गिट्टी कुट्ने तथा होटेल र रेष्टुराँ आदि ठाउँहरुमा कठिन अवस्थामा रहेर श्रम गरिरहेका छन ।
अन्तराष्ट्रिय श्रम संगठन ९क्ष्ीइ० ले १९९८ मा गरेको च्बउष्म ब्ककभकsmभलत का अनुसार नेपालमा १४ बर्षुनिका ९० लाख बालबालिका रहेकोमा जसमध्ये ५ देखि १४ बर्षउमेर समुहका झण्डै २६ लाख बालबालिकाहरु विभिन्नखाले श्रममा प्रयोग भइरहेका छन् । पाँचै बर्षो कलिलो उमेरबाटै श्रम गर्न बाध्य यी बालबालिकाहरुले कार्यस्थलमा जोखिमपर्ूण्ा काम गर्नर्ुपर्ने, उमेरको तुलनामा बोझयुक्त गाह्रो काम गर्नर्ुपर्ने, लामो कार्यघण्टा र रातको समयमा पनि काम गर्नर्ुपर्ने, न्युनतम ज्यालाबाट पनि बञ्चित हुनर्ुपर्ने, शिक्षा, स्वास्थ्य, पोषण, पारिवारिक माया र ममताबाट बञ्चित हुनर्ुपर्ने, शोषण, दर्ुर्ब्यवहार सहनर्ुपर्ने, शारीरिक, मानसिक यातनाका साथै यौनशोषणमा पर्ने जस्ता खतराजन्य समस्या तथा जोखिमपर्ूण्ा व्यवहारहरु झेल्नु परिरहेको छ । जसले गर्दा यी अवस्थाहरुका कारण यिनीहरुको र्सवाङ्गीण विकासमा बाधा र भविष्य अन्धकार त भएको छ नै मुलुकले पनि भविष्यको दक्ष जनशक्ति पनि गुमाइरहेको छ ।
बालबालिकाहरु भोलिका सुन्दर भविष्य हुन् । भविष्यका यी कलिला मुनाहरुलाई भोलिका सक्षम नागरिक बनाउन उपयुक्त वातावरणको आवश्यकता रहन्छ । यसका लागि चाहिने आधारभूत कुराहरुको व्यवस्था गर्नु उचित तथा गुणस्तरीय शिक्षा दिनु, स्वास्थ्य सेवा पुर्याउनु, खेल मनोरञ्जन र आराम गर्न दिनु, माया स्नेह गर्नु, हेला, दर्ूर्व्यवहार र सबैखाले शोषणबाट जोगाए मात्र स्वर्णर्ीम भविष्यको परिकल्पना गर्न सकिन्छ । शान्ति, सुरक्षा, समझदारी र असल वातावरणभित्र रही गुणस्तरीय शिक्षा हासिल गर्दै शोषण, उत्पीडन, तिरस्कार तथा अशिक्षाबाट संरक्षण प्राप्त गर्दै आफ्नो बालापन बिताउन पाउनु प्रत्येक बालबालिकाको अधिकार हो । यसको साथै वातावरण बनाइदिनु प्रत्येक वयस्क र राज्यको दायित्व हो । तर विडम्वना २१ औं शताव्दीमा आइपूग्दा पनि हाम्रो मुलुकका लाखौं बालबालिकाहरु बाल श्रमिकको रुपमा कष्टकर जीवन विताउन विवश भइरहेका छन् । उनीहरु आफ्नो बालापन खोसिएको पीडा भोग्न वाध्य छन् ।
नेपालले बालअधिकार महासन्धि १९८९ लाई अनुमोदन गरिसकेको छ । उक्त महासन्धिको धारा २२ ले कुनै पनि बालक आर्थिक शोषणदेखि, खतरापर्ूण्ा कामदेखि वा कामले गर्दा उसको पढाइ ब्रि्रने अवस्था देखि वा स्वास्थ्यमा हानी गर्ने कामदेखि वा उसको शारीरिक, मानसिक, आत्मिक, नैतिक तथा सामाजिक विकासमा वाधा पुर्याउने कुनै पनि खालका क्रियाकलापदेखि जोगिन पाउने उसको अधिकार हो भनी उल्लेख गरेको छ । त्यसैगरी बालश्रमसम्बन्धी आइएलओको महासन्धिलाई पनि नेपालले अनुमोदन गरिसकेको छ । यसका अतिरिक्त बालश्रम विरुद्धका सबैजसो अन्तर्रर्ााट्रय सन्धि र कानूनहरुलाई पनि अनुमोदन गरिसकेको छ । उक्त अन्तर्रर्ााट्रय महासन्धि तथा सन्धिहरुलाई लागू गर्न र नेपालमा बालश्रम शोषणको अन्तका लागि विभिन्नखाले ऐन कानूनहरु बनेका छन् । नेपाल अधिराज्यको संविधान २०४७, बालबालिकासम्बन्धी ऐन २०४८, नियमावली २०५१ र बालश्रम निषेध एवं नियमित गर्ने ऐन २०५६ मा १४ वर्षुनिका बालबालिकालाई श्रममा प्रयोग गर्न बन्देज लगाइएको छ । त्यसैगरी १५ देखि १६ वर्षउमेर समूहकालाई भने साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म काममा लगाउन हुँदैन र लगातार ३ घण्टा काम गरे आधाघण्टा आराम र हप्ताको ३६ घण्टा र एक दिन बिदा दिनुपर्ने व्यवस्था छ । यसका अतिरिक्त बालबालिकाहरुलाई बालश्रम, बिक्री तथा जीउ मास्ने, बेच्ने, बँधुवा बनाउन नपाइने व्यवस्था पनि ऐन कानुनहरुमा उल्लेख छ । यदि त्यसो गरेमा कडा दण्ड सजायको व्यवस्था ऐनहरुले गरेका छन् । यसका अतिरिक्त राष्ट्रिय नीति र कार्यक्रमहरु पनि बनेका छन् । तर विडम्वना ! अव्यवस्थित र कमजोर संयन्त्र, दृढ प्रतिवद्धताको अभाव र अस्थिर राजनैतिक परिवेशका कारण राज्यले आफूले बनाएका ऐन कानुन र प्रतिवद्धता व्यक्त गरेका अन्तर्रर्ााट्रय कानूनहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकेको छैन ।
बालश्रम शोषणको अन्तको कुरा अब १/२ वटा संस्था वा सरकारी संयन्त्रबाट मात्रै सम्भव छैन । यो एउटा गम्भीर राष्ट्रिय समस्या भएकोले यसको अन्तका लागि सरकारी निकाय, संघसंस्थाहरु, व्यक्ति, समूह, नागरिक समाज, सञ्चारकर्मी, मानवअधिकारवादीहरु, टे्रड युनियनहरु तथा राजनैतिक दलहरु सबैको सामूहिक पहल आवश्यक छ । सबै पक्षको पहलमा मात्र हामी यी बालबालिकाहरुको खोसिएको बालापन फिर्ता गर्न सक्छौं र यो कलंकको अन्त गर्न सक्छौं ।