दाङ, २४ माघ ः जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी संगठनको संयुक्त बैठक जिल्ला प्रहरी कार्यालयमै सम्पन्न भएको छ । उक्त बैठकले नौटंकीमा परिणत भएको नगरपालिका निर्वाचनलाई सशक्तरुपमा बहिष्कार गर्न आव्हान गर्दै तुलसीपुर नगरपालिकामा प्रचारप्रसारमा हिडेकी लोकगायिका कोमल वलीलाई सामाजिक बहिष्कार गर्ने निर्ण्र्ाागरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङमा भएको उक्त बैठकमा नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष निर्मल न्यौपाने, अखिल -एकीकृत) दाङका अध्यक्ष गणेश आचार्य, माले अखिल दाङका उपाध्यक्ष महेन्द्र शाह, एमाले अखिल रोल्पाका सचिव ठाकुर वली र एमाले अखिलकै राष्ट्रिय परिषद सदस्य केशव भुसालको उपस्थिति रहेको थियो । उक्त बैठकले नगरपालिका निर्वाचनको बहिष्कार कार्यक्रमअर्न्तर्गत हुने सबैप्रकारका आन्दोलनमा सरिक हुन पनि आग्रह गरेको छ ।
yo ramro samachar ho