बन्दीहरुद्वारा नगरपालिकाको चुनाव बहिष्कार गर्न आग्रह

6 02 2006

दाङ, २४ माघ ः जिल्ला प्रहरी कार्यालय दाङमा बन्दी जीवन बिताइरहेका आन्दोलनरत दलका २० जना नेता तथा कार्यकर्ताहरुले नगरपालिका चुनावलाई सशक्तरुपमा बहिष्कार गर्न आम जनतालाई आग्रह गरेका छन् । सोमवार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी बन्दीहरुले भनेका छन्- ‘नगरपालिकाको चुनाव पर्ूण्ातः असंवैधानिक छ । मुलुकको समस्या समाधान नगर्ने चुनावको कुनै औचित्य छैन ।

‘नगरपालिका निर्वाचन धोका हो’- संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘यो शाही कदमलाई मजबूत पार्न चालिएको षडयन्त्र हो ।’ यसरी संयुक्त विज्ञप्ति प्रकाशित गर्नेहरुमा कारागार शाखाको १५ दिने पर्ुर्जी दिई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएका जिल्ला विकास समिति दाङका पर्ूव उपसभापति खगराज पाण्डे, राजु खनाल, भरतबहादुर न्यौपाने, पाण्डव खनाल, दामोदर शर्मा, रणबहादुर भण्डारी, एमालेका वीरबहादुर के.सी., मोहन गिरी, टोपबहादुर झाँक्री, केशव भुसाल, ठाकुर वली, सन्तोष पौडेल, निरोध गौतम, नेपाली कांग्रेस -प्रजातान्त्रिक) दाङका पर्ूवसभापति हरि रजौरे, र्सर्ूयप्रकाश राना, एम.बी. के.सी., किरण न्यौपाने, राजकुमार धिताल र जनमोर्चा नेपाल दाङका सदस्य र्सर्ूय पौडेल हुनुहुन्छ ।


Actions

Information

One response

3 11 2008
meronepal

Kati purano Samachar ho ?

Leave a comment

You must be logged in to post a comment.