दाङमा पहिलोचोटी दर्ुइ लाख जनताद्वारा राजतन्त्रविरोधी पर््रदर्शन

बजारैभरि जुलुसै जुलुस, सुरक्षाकर्मीले मैदान छाडे, कर्मचारी र प्रहरीद्वारा ताली पिटेर स्वागत

उदय जीएम

दाङ, ७ बैशाख ः सात राजनीतिक दलहरुले आव्हान गरेको आमहडतालको पन्ध्रौं दिन दाङमा पहिलोचोटी दर्ुइ लाख जनताले अभूतपर्ूवरुपमा राजतन्त्रविरोधी पर््रदर्शनहरु गरेका छन् । सदरमुकाम घोराहीमा १ लाखभन्दा बढीले पर््रदर्शन गरेका छन् भने अञ्चल सदरमुकाम तुलसीपुरमा ५० हजारभन्दा बढी र लमहीमा ५० हजारभन्दा बढीको संख्यामा पर््रदर्शन भएका छन् । सदरमुकाम घोराहीको बजारैभरि जहाँतहीं जुलुसै जुलुस थिए भने सुरक्षाकर्मीहरुले मैदान खाली गरेका थिए । सडकछेउँमा रहेका कर्मचारी र प्रहरीहरुले पनि ताली पिटेर पर््रदर्शनकारीहरुको स्वागत गरेका थिए ।

घोराहीको तुलसीपुरचोकबाट प्रारम्भ भएको जुलुसले राजतन्त्रको विरोधमा चर्का नाराहरु लगाउँदै दामोदरचोक, त्रिभुवनपार्क, शाही सेना रोड, नयाँबजार, पिपलबोट, ट्राफिकचोक, नयाँसडक हुँदै लोकतान्त्रिक आन्दोलनका प्रथम शहीद उमेशचन्द्र थापा रोडको छेउँमा रहेको मैदानमा पुगी सभामा परिणत भएको थियो । सभालाई नेपाली कांग्रेस दाङका सभापति वीरकेशरी गौतम र कमानसिंह डाँगी, नेपाल कम्युनिष्ट पार्टर्ीीएमाले) दाङका सचिव शोभाराम बस्नेत, जनमोर्चा नेपाल दाङका अध्यक्ष भरत भण्डारी, नेपाली कांग्रेस -प्रजातान्त्रिक) दाङका सभापति मोहनलाल वली, वाममोर्चाका तुलसा केसी र महेन्द्र कतिला, नेपाल बार एशोसियशन दाङका अध्यक्ष अधिवक्ता विष्णुप्रसाद धिताल, दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रराज पन्त, प्राध्यापक रेवतीरमण भट्टर्राईले सम्बोधन गर्नुभएको थियो । उक्त सभालाई महिला, जनजाति, दलित, पेशाकर्मीलगायत विभिन्न पक्षका व्यक्तित्वहरुले पनि सम्बोधन गर्नुभएको थियो । सबै वक्ताहरुले राजतन्त्रले आफ्नो अन्तिम दिन गनिरहेको दावी गर्दै आन्दोलनलाई सम्झौतामा नटुंग्याउन चेतावनी दिइएको थियो ।

सधैंभरिको जुलुसको पछिपछि प्रहरीको भ्यान हिड्ने गरे तापनि यसपटकको जुलुसमा प्रहरीको अनुहारै देख्न पाइएन । नेपाल बैंक लिमिटेडका कर्मचारीहरुले र नेपाल टेलिकमको छतमा बसेका सुरक्षाकर्मीहरुले ताली पिटेर पर््रदर्शनकारीहरुलाई स्वागत गरेका थिए । यसपटकको पर््रदर्शनमा नगरपालिका निर्वाचनमा उम्मेदवारी दिएका व्यक्तिहरु, कहिल्यै जुलुसमा नजाने व्यक्तिहरु र जिल्लाका विकट क्षेत्रबाट दर्ुइ दिन हिडेर आएका र्सवसाधारण गाउँलेहरु पनि सहभागी रहेका थिए ।

सेनाको गोलीबाट दाङमै लोकतान्त्रिक आन्दोलनका प्रथम शहीद उमेशचन्द्र थापा मारिए तापनि त्यसपछिका हरेक पर््रदर्शनहरुमा यहाँको सुरक्षानिकायले अत्यन्त संयमता अपनाएको छ । उमेशचन्द्र थापा मारिनुअघि प्रत्येक पर््रदर्शन, मसाल जुलुस आदिमा हस्तक्षेप र लाठीचार्ज गरिँदै आए तापनि त्यसपछि भने यहाँका सुरक्षाकर्मीहरुले मसाल जुलुस पर््रदर्शनसमेत निर्वाधरुपमा गर्न दिइरहेका छन् ।

यसैगरी राप्ती अञ्चलको सदरमुकाम तुलसीपुरमा पनि विहीवार नै पचासौं हजारको संख्यामा राजतन्त्रविरोधी पर््रदर्शन भएको छ । शान्तिपर्ूण्ारुपमै भएको उक्त जुलुसले नगरपरिक्रमा गरी सभामा परिणत भएको थियो । उक्त सभालाई नेपाल कम्युनिष्ट पार्टर्ीीएमाले) राप्ती अञ्चल समन्वय कमिटीका सचिव छविलाल वली, जनमोर्चा नेपालका दर्ुगा भण्डारी, नेपाली कांग्रेसका केशव आचार्य, नेपाली कांग्रेस प्रजातान्त्रिकका भरत केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो ।

झण्डै पचास हजारकै संख्यामा देउखुरी उपत्यकाको लमही बजारमा पनि विहीवार पर््रदर्शन भएको छ । कांगे्रसका क्षेत्रीय सभापति बासुदेव गंगलीको सभापतित्वमा भएको सो कार्यक्रमलाई एमाले दाङका निवर्तमान सचिव रेवतीरमण शर्मा, नेपाली कांग्रेस -प्रजातान्त्रिक)का जानकीलाल बस्नेत, नेपाली कांग्रेस दाङका जिल्ला सदस्य शिवकुमार शर्मा, अनुप थापा, सुश्री लीला थापा, अखिल नेपाल महिला संघकी कमला बेल्वासे, पार्वती केसी, सरस्वती गौतम, जनमोर्चा नेपालका महेश रिजाल र एमालेका सहजराम यादव लगायतले सम्बोधन गर्नुभएको थियो । त्यस अवसरमा र्स्वर्गद्वारी सांस्कृतिक कलाकेन्द्र लमही र रक्तिम परिवारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

लोकतान्त्रिक आन्दोलनमा विभिन्न संघसंस्थाद्वारा ऐक्यवद्धता जनाउने क्रम जारी

मेरो नेपाल समाचारदाता

४ बैशाख २०६३

सात राजनीतिक दलहरुद्वारा आव्हान गरिएको आमहडताल लम्बिदै गइरहँदा जिल्लास्थित विभिन्न संघसंस्थाहरुले त्यसप्रति ऐक्यवद्धता जनाउँदै पर््रदर्शन गर्ने क्रम जारी रहेको छ । हालसम्म आन्दोलनमा नदेखिएका संघसंस्थाहरु पनि आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सडकमा उत्रिने क्रममा सोमवार संयुक्त दलित आन्दोलन संयोजन समिति दाङले विशाल पर््रदर्शनको आयोजना गर्‍यो ।

संयुक्त दलित आन्दोलन संयोजन समितिमा रहेका जातीय समता समाज, नेपाल राष्ट्रिय दलित मुुक्ति संगठन, नेपाल स्वतन्त्र सिलाई यूनियन, नेपाल सुनचाँदी व्यवसायी समिति र नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजका व्यानरहरुमा आएका आन्दोलनकारीहरुले लोकतन्त्रमा मात्र दलितहरुको हकहित सुरक्षित हुने दावी गरेका थिए । चक्रबहादुर विश्वकर्माको सभापतित्वमा भएको सो कार्यक्रममा रिमा नेपाली, उदय स्वर्ण्र्ाार, खड्गबहादुर विश्वकर्मा, प्रभात स्वर्ण्र्ाार, विष्णु धिताल, नारायणप्रसाद शर्मा, शरद अधिकारी, सविन प्रियाशन लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी सदरमुकाम घोराहीमै दिउँसो सात राजनीतिक दलहरुको पर््रदर्शन तथा बेलुकी विद्यार्थी संगठनहरुको मसाल जुलुस पर््रदर्शन गरिएको थियो । त्यसैगरी तुलसीपुर उद्योग वाणिज्य संघ तुलसीपुरमा सोमवार नै विशाल पर््रदर्शन गरिएको थियो । जिल्लाका विभिन्न स्थानहरुमा गाविस तथा गाउँस्तरका कार्यक्रमहरु पनि सम्पन्न भइरहेका छन् ।

र्स्वर्गद्वारी एफएमलाई ‘अखबार कार्यक्रम’ प्रसारणमा रोक

मेरो नेपाल समाचारदाता

४ बैशाख २०६३

र्स्वर्गद्वारी एफएमले बिहान प्रसारण गर्दै आएको ‘अखबार कार्यक्रम’लाई स्थानीय प्रशासनले रोक लगाएको छ । स्थानीय प्रशासनले केही समयलाई उक्त कार्यक्रम प्रसारण नगर्न भनेकाले कार्यक्रम बन्द गरिएको स्टेशन म्यानेजर दधिराम सुवेदीले बताउनु भयो ।

रेडियो सगरमाथाद्वारा उत्पादित अखबार कार्यक्रमलाई टेलिफोनको माध्यमबाट र्स्वर्गद्वारी एफएमले लामो समयदेखि प्रसारण गर्दै आएको थियो । सोमवार बिहान उक्त कार्यक्रम रेडियोबाट प्रसारण नभएपछि स्रोताहरुले एकदमै खल्लो अनुभूति गरेका छन् । कार्यक्रममा रोक लगाइएपछि र्स्वर्गद्वारी एफएमका स्रोताहरु सरकारी रवैयाप्रति आक्रोशित भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको प्रतिक्रिया

श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट नव वर्ष२०६३ को अवसरमा देशवासीका नाममा बक्सेको सन्देशप्रति नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)का अध्यक्ष प्रचण्डले बैशाख १ गते एक विज्ञप्तिमार्फ कडा प्रतिक्रिया जनाउनु भएको छ । विज्ञप्तिको पर्ूण्ा पाठ यसप्रकार छ ः Read the rest of this entry »