माओवादी अध्यक्ष प्रचण्डको प्रतिक्रिया
April 14, 2006 at 4:44 pm (समाचार)
श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट नव वर्ष२०६३ को अवसरमा देशवासीका नाममा बक्सेको सन्देशप्रति नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)का अध्यक्ष प्रचण्डले बैशाख १ गते एक विज्ञप्तिमार्फ कडा प्रतिक्रिया जनाउनु भएको छ । विज्ञप्तिको पर्ूण्ा पाठ यसप्रकार छ ः
‘नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)
केन्द्रीय समिति
प्रेस वक्तव्य
नव वर्षो उपलक्ष्यमा ज्ञानेन्द्र शाहीद्वारा जारी गरिएको कथित संवोधनले देश र जनताका ज्वलन्त समस्याहरुप्रति सामन्तहरुको अहंकार र संवेदनहिनताको पराकाष्ठालाई मात्र व्यक्त गरेको छ । आज नेपाली समाजका सबै वर्ग, जाति, क्षेत्र र पेशाका जनसमुदाय निरंकुश सामन्ती सत्ताको मध्ययुगीन बर्बरताको प्रतिरोध गर्दै सडकमा उत्रेर तत्काल लोकतन्त्र र शान्तिका लागि गर्जिरहेको जीवित यथार्थलाई पूरै वेवास्ता गरेर एक वर्षभत्रमा आम चुनाव गर्ने पुरानै राग अलाप्नुले ज्ञानेन्द्र, पारस र कथित शाही सेनाका जनरलहरुले आफू खरानी नहु“दासम्म देश र जनतामाथि अत्याचार गरिरहने आफ्नो मनसाय मात्र स्पष्ट गरेका छन् ।
सामन्ती तत्वहरुको यो रवैयाले जनताका अगाडि आन्दोलनको आ“धी तुफान खडा गरेर सदाका लागि ‘राजा, महाराजा’ हरुलाई बढारेर फाली गणतान्त्रिक नेपालको निर्माणबाहेक अर्को विकल्प नरहेको ऐतिहासिक सच्चाइलाई थप स्पष्ट गरेको छ । सात राजनैतिक दल र ने.क.पा.-माओवादी)का बीचमा सम्पन्न १२-ब“ुदे पहिलो र दोस्रो समझदारीअनुसार अगाडि बढिरहेको आन्दोलनलाई उत्कर्षा पुर्याएर मात्र नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षा पूरा हुने तथ्य अब झन स्पष्ट भएको छ । उक्त समझदारीलाई परिमार्जन गर्दै साझा नारा, साझा मोर्चा र साझा कार्यक्रमको विकासका लागि आफ्नो तर्फाट अधिकतम प्रयत्न गर्ने प्रतिबद्धता पनि हाम्रो पार्टर्ीीस अवसरमा दोहोर्याउन चाहन्छ । हाम्रो पार्टर्ीीया“ वर्षाई सामन्ती निरंकुशतन्त्रबाट मुक्तिको वर्षा परिणत गर्न आम जनता समक्ष हार्दिक आह्वान गर्दै अग्रिम शुभकामना व्यक्त गर्दछ ।
मिति ः- ०१ वैशाख २०६३
प्रचण्ड
अध्यक्ष
ने.क.पा.-माओवादी)’