उदय जीएम
दाङ, ४ मंसिर ः राप्ती अञ्चलका पाँचवटै जिल्लामा क्रियाशील उद्योग वाणिज्य संघहरुले ढुवानीमा लगाइएको सिण्डिकेट प्रणालीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनका क्रममा व्यवसायीहरुले संर्घष्ा समिति गठन गरी बिहीवार र शुक्रवार राप्तीका सबै बजारहरु पर्ूण्ातः बन्द गर्ने घोषणा गरेका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघले सिण्डिकेट प्रणालीविरुद्ध आव्हान गरेको आन्दोलनका क्रममा बुधवार तुलसीपुर बजार दिनभर बन्द रहृयो । त्यसैगरी संघले थालेको आन्दोलनको र्समर्थनमा दाङ उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, नारायणपुर उद्योग वाणिज्य संघले पनि दिउँसो ३ बजेदेखि जिल्लाका प्रमुख बजारहरु बन्द गरेका थिए ।
यसैबीच दाङ जिल्लामा क्रियाशील विभिन्न उद्योग वाणिज्य संघहरुको संयुक्त बैठक बुधवार सदरमुकाम घोराहीमा बस्यो । उक्त बैठकले राप्ती अञ्चलमा अवैधानिकरुपमा राप्ती अञ्चल ट्रक व्यवसायी समितिले लगाएको सिण्डिकेट प्रणाली पर्ूण्ारुपमा खारेजीका लागि संर्घष्ा समिति गठन गरेको छ । संर्घष्ा समितिको संयोजकमा नेपाल उद्योग वाणिज्य महासंघका राप्ती अञ्चल प्रतिनिधि अमरराज आचार्य रहेका छन् । राप्ती अञ्चलमा स्थापित र क्रियाशील सबै उद्योग वाणिज्य संघहरुको प्रतिनिधित्व हुनेगरी ३३ सदस्यीय संर्घष्ा समिति गठन गरिएको हो ।
बैठकले राप्ती अञ्चलका पाँचवटै जिल्लामा क्रियाशील उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु कोही पनि राप्ती अञ्चल ट्रक व्यवसायी समितिको कुनै पनि पदमा रहेको भए त्यसबाट तत्काल राजीनामा दिने निर्ण्र्ाागरेको दाङ उद्योग वाणिज्य संघका महासचिव मधुसूदन वैद्यले जानकारी दिनुभयो । महासचिव बैद्यका अनुसार पाँचवटै जिल्लाका बजारहरु बन्द गर्नुका साथै संर्घष्ाका अन्य कार्यक्रमहरु पनि तय गरिएका छन् । उनका अनुसार बिहीवार १२ बजेदेखि २ बजेसम्म पाँचवटै जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने र शुक्रवारसम्म पनि माग पूरा नभए पाँचवटै जिल्ला प्रशासन कार्यालयहरुमा १२ बजेदेखि २ बजेसम्म तालाबन्दी गरिनेछ ।
दाङ उद्योग वाणिज्य संघले बुधवार जारी गरेको विज्ञप्तिअनुसार बैठकले दाङ जिल्ला टे्रक्टर व्यवसायी समितिको हालै बसेको साधारणसभाले सिण्डिकेट प्रथालाई खारेज गरेकोमा समितिलाई धन्यवाद दिएको छ । बैठकमा दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यानमा क्रियाशील विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षता एवं संघका राप्ती अञ्चल प्रतिनिधि अमरराज आचार्यको प्रमुख आतिथ्यमा बसेको थियो ।
महासचिव वैद्यका अनुसार बिहीवार बिहान १० बजेदेखि दाङमा त्रिपक्षीय वार्ता हुने भएको छ । वार्तामा दाङ जिल्लामा क्रियाशील सबै उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, राप्ती अञ्चल ट्रक व्यवसायी समिति र दाङका प्रमुख जिल्ला अधिकारीको सहभागिता रहने बताइएको छ ।
Kina yesto bhako ?