जन्मदिन र शुभकामनाका शव्दहरु

25 11 2008

उदय जीएम
आजभोलि “बर्थडे”को खुबै प्रचलन चलेको छ । यी “बर्थडे”का भmमेलाहरु कहिलेकसो मेरो घरमा पनि आइलाग्छन्‍ । दु:खको कुरा हो कि सुखको ? आफूले यो उमेरसम्म आफ्नो “बर्थडे” भने देख्न पाइएन । शायद, जिन्दगी नै यसरी मिल्छ होला धुलोमा ।मेरा बाआमा भन्नुहुन्छ, “तँ असारमा जन्मेको होस्‍ ।” दोमास पनर्े डरले जन्मेको ३ दिनमै गहुँत खाएर चोखिनु भएको रे । म जन्मँदाको साल असारको महिना कतिको थियो कुन्नि ? म असार महिनाको कति गते जन्मेको हुँ भनेर सोध्दा बाआमा भन्नुहुन्छ, “असार २८ गते ।” विडम्बनाको कुरा ! नागरिकताअनुसार मेरो जन्मदिन असार १६ गते हो ।स्वतन्त्र समाचार सेवा (आइएनएस)मा एउटा प्यारो भाइ छ । उसलार्इ मैले बोलाउने र मैले दिएको प्यारो नाम छ( ढ्‍याब्लीचोर । उm ढ्‍याब्लीचोर होइन तर भेटमा वा फोनबाजामा कुरा गर्दा “ढ्‍याब्लीचोर” शव्दले बोलाएन भने उसले गाह्रो मान्छ । मेरो मुखबाट “ढ्‍याब्लीचोर” निस्किएन भने उसले लख काट्‍छ( आज दाइ रिसाउनु भएको छ । त्यो “ढ्‍याब्लीचोर” को हो ? अहिल्यै सार्वजनिक नगरौं ।हो, उही ढ्‍याब्लीचोर भाइले कुन्नि कहिले हो ? फेसबुकमा सहभागी हुन भनेर निम्तो पठाएछ । संघीय भनेर के गनर्ु र खै ! जे कुरा पनि पहिले त राजधानीमै आउँछन्‍ । मोफसलवासी यो जन्तुलार्इ के थाहा कि “फेसबुक” भन्ने कुन चराको नाम हो ? इमेलमा त्यही “ढ्‍याब्लीचोर” भैयाको इमेल पछ्‍याउँदै जाँदा कताकताबाट थाहै नपार्इ पुगिएछ फेसबुकमा । आफू परियो नेपाली, फेसबुकले सोध्यो अंग्रेजीमा जन्ममिति । आफै त हिसावमा आलुचोर मान्छे, त्यस्ता मान्छेलार्इ अंग्रेजीमा जन्ममिति सोध्न थालेपछि के हुन्छ हालत ? कसले उल्था गरिरहोस्‍ बेक्कारमा । कम्प्यूटरमा जता मन लाग्यो उतै क्लिक गर्दै जाँदा मेरो जन्ममिति भएछ( २२ नोभेम्बर १९९० ।साथी हरिहर योगीले जन्ममितिको कुरा अलि पहिले नै कोट्‍याउनु भएको थियो । त्यतिबेला अलिअलि भmस्केको थिएँ । साथी समिर सिंहले हिजोको मितिमा नै “अगि्रम बधाइ” दिएपछि “तीनछक तीनछक” मिलाएर जम्मा “छछक” परें । बहिनी सुत्केरी हुने भएपछि अस्पतालको दौडधुपमै दिन बित्यो । दिउँसोपख फेसबुक खोलेपछि त वाफ रे ! आकार अनडिफाइन्ड, कुशवाहा कोइराला, नामग्याल योंकोम, कुबेर चालिसे, भूमि भण्डारी, दुर्चन मगरलगायतका साथीहरुले जन्मदिनको बधाइ दिनुभएको रहेछ । यी सबै पि्रय साथीहरुको बधाइप्रति क ृतज्ञ त हुनैपर्‍यो ।यी साथीमध्ये केही साथीहरु मलाइ नजिकबाट खाप्चोसहित चिन्नुहुन्छ । तीमध्ये केहीले त्यति वास्ता गनर्ुभएन होला । उहाँहरुले “होला त नि” भन्ठानेर बधाइ दिनुभएछ । एक साथी हुनुहुन्छ( भोजराज भाट । खाप्चो देखेको मान्छेलार्इ कताकता अमिल्दो लाग्यो होला । उहाँले आश्चर्य प्रकट गर्दै फेसबुकमै भन्नुभएछ( “जम्मा १८ वर्ष्ा ? यो त जोक भयो है साथी ।” हो त नि भोजराजजी, यो त जोक नै भयो हगि ? त्यसैले अञ्जानमा गरिएको यो जोकप्रति सबै साथीहरुसँग दश आैंली जोडी क्ष्ामा माग्दछु । अन्त्यमा, फेसबुकको जन्ममिति र मेरो असली खाप्चोको तुलना गरेर कमजोरीलार्इ च्याप्पै समाइदिने भोजराजजीलार्इ धन्यवाद ! भोजराजजी, अब म असली जन्ममिति हाल्छु है ! बरु तलको नेपाली जन्ममितिलार्इ अंग्रेजीमा उल्था गरेर पठाइदिनु होला है त(२०२८ असार २८ ।


Actions

Information

One response

25 11 2008
meronepal

Update bhayo dherai din pachhi.

Leave a comment

You must be logged in to post a comment.