झलनाथजी, शान्तिप्रक्रिया भाँड्न खोजेकै हो ? मानबहादुर मल्ल ‘संर्घष्ा’
आम जनताको चाहना दिगो शान्ति हो, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा
पुर्याउने अविभारा राजनीतिक नेतृत्वको हो । जसका लागि नयाँ संविधान
निर्माण, सेना समायोजन, राष्ट्रिय स्वाधीनताको रक्षा, नागरिक
सर्वोच्चताको बहाली र राष्ट्रिय सहमतिको सरकार अहिलेको अपरिहार्यता हो ।
यी उपर्युक्त र्सतहरु पूरा गरेर नै एकीकृत ने.क.पा. -माओवादी)ले वर्तमान
संकटको निकास खोजेको छ । वर्तमान संकटका यी मुलभूत प्रश्नहरुले मर्ूत रुप
लिन खोज्दै गर्दा वर्तमान असंवैधानिक सरकारको नेतृत्व गरेको नेकपा
एमालेद्वारा देशभर हत्या, हिंसा, दमन र धरपकड शुरु गरेर शान्ति
प्रक्रियालाई बिथोल्ने दुश्प्रयास गरिदैछ । संविधान सभा विघटन गर्ने,
देशमा फेरि पनि द्वन्द्व चर्काएर माओवादीलाई जंगल लखेट्ने चालबाजी हुँदैछ
। यसको पछिल्लो सबुत प्रमाण हो- सल्यानको लुहापिङ घटना ।
कसरी घट्यो लुहापिङ घटना -
गत मंसिर २३ गते संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालद्वारा घोषित तेस्रो
चरणको जनआन्दोलनका कार्यक्रमअर्न्तर्गत वाईसीएल सल्यान र गणतान्त्रिक
खेलकुद महासंघ सल्यानको संयुक्त आयोजनामा लोकप्रिय युवा स्वरोजगार
कार्यक्रमलाई लागू गराउन दबाब दिने उद्देश्यले कोष तथा लेखा नियन्त्रण
कार्यालय घेराऊ थियो । सोही दिन नेकपा एमाले सल्यानको छैठौं जिल्ला
अधिवेशनको बन्द सत्र सल्यान क्याम्पस प्राङ्गणमा चलिरहेको थियो । सल्यान
खलंगा वरपरका इलाकाहरुबाट वाईसीएल, खेलकूदप्रेमी प्रगतिशील युवाहरु र
जनसमुदायहरुको व्यापक उपस्थितिमा दिउँसो १२ देखि २ बजेसम्म कोलेनिका
घेराऊ कार्यक्रम सम्पन्न भयो । त्यसपछि कोलेनिका घेराऊ कार्यक्रमको
औचित्य पुष्टि गर्न मार्चपाससहित दिउँसो ३ बजे खलंगा बसपार्कमा कोणसभा
गरियो । घेराऊ कार्यक्रम भव्य र शान्तिपर्ूवक सम्पन्न भइसकेपछि साढे तीन
बजे सहभागीहरुलाई चारवटा बसमा आ-आफ्नो इलाका र घर जानका लागि खलंगा
बसपार्कबाट श्रीनगरतिर पठाइयो । मोटरबाटो एमाले बन्द सत्रस्थल सल्यान
क्याम्पस प्राङ्गणको लुहापिङ मैदानकै छेऊबाट थियो । तीनओटा बसले लुहापिङ
काटिसकेपछि अन्तिम बस जब लुहापिङ नजिकै पुगेको थियो, युथफोर्सका केही
लठैतहरुले बिनाकारण लुहापिङ मैदानको डिलबाट बसमाथि ढुङ्गा प्रहार गरी
आक्रमण गरे । उनीहरुको ढुङ्गा प्रहारबाट छतमा बसेका केही वाईसीएल
कार्यकर्ता घाइते हुनुका साथै गाडी पनि तोडफोड भयो । त्यसपछि ढुङ्गा किन
हानियो – यो राजनैतिक संस्कार भएन, यसो नगरौं भनेर बिनम्रतापर्ूवक अनुरोध
गर्दा उल्टै एमालेका जिल्लास्तरीय नेताहरुले महिलाहरुप्रति समेत अश्लील
व्यवहार गरे । होहल्ला भएपछि बन्द सत्रमा बसेका अरु नेता कार्यकर्ताहरु
पनि घटनास्थलमा आई स्थिति सहज बनाउनुको सट्टा आक्रमणलाई तेज पार्ने काम
गरे । त्यसपछि एमालेको सुनियोजित र बर्बर आक्रमणको प्रतिरक्षात्मक जवाफी
हमला गर्न वाईसीएल बाध्य भएको यथार्थ हो । करिब १५ मिनेटजतिको दोहोरो
झडपमा दुवैतर्फा नेता कार्यकर्ताहरु घाइते भएको यथार्थता हाम्रा सामू
र्छलङ्गै छ । लुहापिङ घटनाको उपयुक्त विवरण प्रत्यक्षदर्शी खलंगाबासी
जनता, स्थानीय प्रशासन, पत्रकार र आत्मैदेखि नढाँटीकन समीक्षा गर्ने हो
भने भीडन्तमा सहभागी दुवैतर्फा सहभागी साँछी छौं ।
लुहापिङ घटनापछि के भयो -
घटनाको करिब २० मिनेटभित्रै जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी
निरीक्षकको नेतृत्वमा थप प्रहरी बल आई झडपको अवस्थालाई रोक्ने काम भयो ।
लगत्तै प्रमुख जिल्ला अधिकारी सिताराम कार्की घटनास्थलमा आई झडपको
स्थितिलाई सहज बनाए । तर, एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाले
सत्ता र शक्तिको दुरुपयोग गरी गृहमन्त्रीद्वारा वाइसीएलका
कार्यकताृहरुलाई गोली हान्न प्रहरीलाई आदेश गरियो । स्थिति सहज भइसकेपछि
गोली हान्नुको अर्थ के हो प्रकाशजी – सरासर त्यो शान्ति प्रक्रियालाई
भाँड्ने सुनियोजित योजना रहेछ । भलै स्थानीय प्रशासनले दुरदर्शी
निर्ण्र्ाालियो । सल्यानमा रक्तपात मच्चाउने तपाई र तपाईको सरकारको आदेश
पूरा नभएकै कारण प्रहरी निरीक्षक राजकुमार खिउजुलाई मंसिर २५ गते
सल्यानबाट सरुवा गरियो । मंसिर २६ गते प्रजिअ सिताराम कार्कीको पनि सरुवा
गरियो । त्यसपछि वाईसीएल र युवा खेलाडीहरुलाई ज्यान मार्ने उद्योगको
झुठ्ठामुद्दा लगाई धरपकड शुरु गरिएको छ । मगराँत स्वायत्त गणराज्य घोषणा
कार्यक्रममा पाल्पा जाँदै गर्दा मंसिर ३० गते कपुरकोटबाट वाईसीएल
केन्द्रीय सचिवालय सदस्य तथा मगराँत राज्यसमितिका सहर्-इन्चार्ज
चन्द्रबहादुर खड्कासहित सल्यान रुकुम यातायात व्यवसायी समितिका कर्मचारी
भीम हमाललाई पनि पक्राउ गरिएको छ ।
विडम्बना ! घटनाको प्रकृति र विषयवस्तुलाई पूरै उल्टो बनाएर शान्ति
प्रक्रिया विथोल्ने र माओवादीलाई फेरि पनि युद्धमै धकेल्ने उद्देश्यले
नेकपा एमालेले देशव्यापी सल्यान केन्द्रीत भण्डाफोर अभियान गर्ने र्सार्वजनिक गरेको छ ।
झलनाथ कमरेड, तपाईले मंसिर २२ गते सल्यान टुडिखेलमा खुकुरी पर््रदर्शन
गरेर उत्तेजित भाषणद्वारा वाईसीएललाई हिर्काइदिनु भन्दै कार्यकर्ताहरुलाई
निर्देशन गरेकै भोलिपल्ट लुहापिङ घटना भएको छ । तपाईकै प्रशिक्षणको बलमा
घरतिर फर्किरहेका वाईसीएल कार्यकर्ताहरुलाई युथ फोर्सको नामका तपाईका
कार्यकर्ताहरुले ढुङ्गा हान्ने आँट गरेका छन् । अब आफै सोच्नुस्, आफैले
आक्रमण गर्ने अनि आक्रमण गरे भन्दै देशव्यापी भण्डाफोर अभियान सञ्चालन
गर्ने तपाईको ‘आफै बोक्सी आफै झाँक्री’को तरिकाले कस्तो परिणाम
निम्त्याउला – आफूले गल्ती गर्ने र अरुलाई दोष दिएर पानीमुनिको ओभानो
बन्न मिथ्या भ्रम र्छर्दै हिड्नुभयो भने तपाई र तपाईको पार्टर्ीीे हालत के होला -
हुन त नेकपा एमाले शान्तिको पक्षमा छैन भन्ने कुरा हालैका केही
घटनाक्रमहरुले पुष्टि गरिरहेका छन् । कैलालीमा घरबासविहीन
सुकुम्बासीहरुमाथि गृहमन्त्रीको ठाडो आदेशमा गोली हान्नु, घर बिदामा आएका
जनमुक्ति सेनाका सदस्य अमर ओलीलाई सल्यानको काल्चेमा एमाले कार्यकर्ता र
युथफोर्सद्वारा छुरी हानी हत्या गर्नु, पर्ूवघोषित शान्तिपर्ूण्ा
कार्यक्रम सकेर फर्किरहेका वाईसीएल कार्यकर्ताहरुलाई सांघातिक आक्रमण
गर्नु, सत्ता र शक्तिको दुरुपयोग गरी गोली हान्न आदेश गर्नु के शान्ति
सम्झौतामा लेखिएका वाचाहरु हुन् -
अन्तमा, झलनाथ कमरेड ! शान्ति प्रक्रिया भाँड्ने कार्यको थालनी तपाईले
सल्यानबाट शुरु गरिसक्नु भएको छ । र, अझैं उक्त कदममा अघि बढिरहनुभएको छ
भन्ने कुरा शान्तिप्रिय जनसमुदाय, बुद्धिजीवी, कर्मचारी, व्यापारी,
पत्रकार र तपाईका पार्टर्ीीत्रका इमान्दार कार्यकर्ताहरुले समेत
बुझिसकेका छन् । तर, तपाईको त्यो मिसन कदापी पूरा हुने छैन । यदि तपाई
राजनेता हो भने शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने अहम्
भूमिका तपाईको पनि हो र आम जनताको अपेक्षा दिगो शान्ति हो । अहिलेको
आवश्यकता पनि त्यही हो । तर, ‘काम कुरो एकातिर कुम्लो बोकी ठीमीतिर’झैं
गरी सल्यान घटनाको यथार्थतालाई तोडमरोड गर्दै भण्डाफोर अभियानको नाममा
फेरि पनि तपाईले हामीलाई लडाउनै खोज्नु भएको हो – सहमति, समझदारी र
निकासको बाटो छोडेर शान्ति प्रक्रिया भाँड्नै खोज्नुभएको हो – ठीकै छ
झलनाथजी, सत्ता र शक्तिको गञ्जी र कट्टुमात्रै लगाएर अरिङ्गालको गोलामा
ढुङ्गा हान्ने कुचेष्टा गर्नुभयो भने बिच्किएको अरिङ्गालले तपाईको कस्तो
हालत बनाउनेछ, त्यो पनि बेलैमा सोच्दा हुन्छ । अन्तर्राष्ट्रिय पत्रकार संघ
लेखक वाइसीएल नेपाल सल्यानका सचिव हुनुहुन्छ ।