LinkedIn
Udaya Gm
Journalist at 3ni Nepal
Nepal
I’d like to add you to my professional network on LinkedIn.
– Udaya
Confirm that you know Udaya
You are receiving Invitation to Connect emails. Unsubscribe
Learn why we included this.
© 2014, LinkedIn Corporation. 2029 Stierlin Ct. Mountain View, CA 94043, USA

lty5e6-hyyarzoy-a.gif

Advertisements

उदय जीएम

चार सहिद

चार सहिद

नाटकै सही आज मैले
सहिदको सम्झनामा
एक मिनेट मौनधारण गरें
अनि चढाएँ– एक थुङ्गा फूल

नाटकै सही आज मैले
सहादतको महान गाथा गाएँ
तिमीले कोरेको इतिहास र आर्जेको भूगोल
छोडेका पदचाप र वीरता
गम्लङ्ग अँगालो हालेर
नाटकै सही
गोहीको आँसु चुहाएँ एकछिन

जो छौ तिमी कथामा छौ
जो छौ तिमी किताबमा छौ
यो समयका लेन्डुपहरु
तिम्रो चीरहरणमा आतुर छन्
अंशवण्डामा टुक्राटुक्रा पारेर तिम्रो वस्ती
बोकेर हिड्दैछन् “छिमेकी” रिझाउन
माटो उठाई आमाको पैतालामुनिबाट
बोकेर हिड्दैछन् बेच्न
जुठोपुरोको बदलामा साँवा र ब्याज तिर्न

तिम्रो सहादतको विरासतमा
अलिकति हाम्रो रगत चुहाएर
लिप्दैछन् आफ्नो कुरुप अनुहार
पोत्दैछन् आफ्नो स्वार्थको घर
भत्काएर तिम्रो सपना
ठड्याइरहेछन् द्वेषको महल

कुरुपता हाँसिरहेको वर्तमानमा
फुङ्ग उडेको तिम्रो शालिकमुन्तिर
हो, मैले आज एक थोपा आँसु चुहाएँ
र, भनें–
तिमी सहिद भएर ठिकै गर्यौ
यदि तिमी जिउँदो भए
मलाई डर छ–
तिमी पनि त्यस्तै हुने थियौ कि
जस्तो
आजका जिउँदा तर लाशजस्ता
हाम्रा देशका नेता ।

रचना : २०६९ माघ १६ गते, सहिद दिवस

Plane1मिति : २०६० साल चैत २२ गते ।
स्थान : नेपालगञ्ज विमानस्थल ।
समय : बिहान १०÷११ बजेतिर ।

‘हाम्रा बा लाई पठाई दे, हाम्रो दाजुलाई पठाई दे, हाम्रा मामालाई पठाई दे’– यस्तै भन्दै नाकको सिंगानलाई पाखुरा वा बाहुलाले पुछ्दै दगुरिन्थ्यो । फाटेको जाङे हल्लाउँदै, उस्तै परे सिंगानलाई सो¥याक्क तानेर नाकभित्रै तह लगाएर वा कुर्लुक्क निलेर पछिपछि दगुरिन्थ्यो । हामी केटाकेटीहरुलाई त्यतिविधि आकर्षित गर्ने जन्तु थियो– हवाईजहाज । हेलिकोप्टरको नाम ‘भटभटे’ र हवाईजहाजको नाम शायद त्यही नै थियो । त्यतिबेलाको समयमा ‘प्लेन’ भन्ने अंग्रेजी शव्द हाम्रो बालमस्तिष्कमा पसेकै थिएन होला । हावाको वेगसँगै हाम्रो भूगोलको क्षितिजभित्र प्रवेश गरेदेखि क्षितिज पार नगरेसम्म हवाईजहाजको आवाज र आकृति पछ्याउँदै त्यसैको पछिपछि दगुरिन्थ्यो यस्तै भन्दै । Read the rest of this entry »

उदय जिएम राजधानी बाहिर अर्थात मध्यपश्चिमको दाङमा बसेर दशक भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय पत्रकार हुन् । पत्रकारितामा सक्रिय सहभागिताका अलावा उनी ब्लगमा समेत कहिले भावनात्मक रुपमा पोखिएका हुन्छन भने कहिले खरो टिप्पणीकर्ताका रुपमा देखिन्छन् । यस्तै उनी कहिलेकाँही सामाजिक संजालमा हुने बहसमा समेत उत्तिकै सक्रिय भएर लागिरहेका हुन्छन् । मेरो रिपोर्टको साताका ब्लगर स्तम्भमा यसपाली हामीले उदयसंग ब्लगिङकै सेरोफेरोमा रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले गरेको कुराकानी : Read the rest of this entry »

Annapurna Post

Image  —  Posted: December 14, 2012 in उदयको पातो
Tags:

माओवादी जनयुद्धको कहालीलाग्दो र त्रासद एक दशक । यो एक दशकमा भोग्नेले के के भोगे ? भनेर वा लेखेर साध्य छैन । कसैले लेखे होलान् आफ्ना पीडा, कसैकसैको भोगाई मृत्युसँगै विलीन भएर जानेछ । मेरो भोगाईको एउटा सानो अंश हो यो । यो संस्मरण लेखिएपछि विदेशबाट प्रकाशित हुने पत्रिका “नेपालीपत्र” तथा अन्य पत्रपत्रिकाहरुमा पनि प्रकाशित छ । मेरो नियति भावी पुस्ताले भोग्न नपरोस् भन्ने कामनासहित मेरा ब्लगका पाठकहरुका लागि–

Army_one

केहीबेर अघि पश्चिममा सूर्य अस्ताइसकेका थिए । पूर्वी दिशाका पहाडहरुमा जब घाम उकालिन्थ्यो, तब अँध्यारोले छोप्न आइपुग्थ्यो– साथमा सन्त्रासको भारी बोकेर । त्यसपछि सन्त्रस्त मनहरु सिरकमुन्तिर गुडुलिन्थे सन्त्रास ओढेर । हाँस्न त परै जाओस्, रुनसमेत प्रतिबन्ध लागेको त्यो समयमा सदाझैं त्यस दिन पनि सन्त्रासको अँध्यारोले पूरै सहर निलिसकेको थियो– गम्लाङ्ग ।

सन्त्रासको चढिरहेको त्यो जवानीसँगै एउटा गाडी शानसँग हुइँकिदै आयो र टक्क अडियो ।

कम्प्युटरमा काम गरिरहेका मेरा औंलाहरु किन किन त्यसै शिथिल भए । नौ नाडी गले । यस्सो चोर आँखाले नियालें– वाफ रे ! चारपांग्रे खैरे गाडी ?!!! बेलुकी ८ बजेदेखि निषेधाज्ञा (कफ्र्यू) भएकाले निरीह प्राणीहरु सहरको घेरा नाघेर गाउँ पुग्ने र सहरमै बस्नेहरु आआफ्नो बासस्थान पुग्ने हतारोमा थिए । पैदलयात्रीहरु पनि गति अलि तीब्र पारेर हिडिरहेका थिए, साइकलहरु रफ्तारमा कुदिरहेका थिए र केही मोटरसाइकलहरु पनि । किनभने अबको १५ मिनेटपछि सन्त्रासको भूतले पूरै सहर छोपिसक्नेछ । त्यसपछि आकाशमा ताराहरु रुन थाल्नेछन्, चन्द्रमा मलीन अनुहार बनाएर आँसु खसालिरहने छ ।

Read the rest of this entry »

shreemani acharyaजीवनमा धेरै मानिसको मलामी जानुपर्छ किनकि एक दिन आफूलाई पनि मलामी चाहिन्छ । ढिलोचाँडोको कुरा हो, सबैलाई मलामी चाहिन्छ । तर, कहिलेकाहीँ दाङका कम्युनिस्ट आन्दोलनका व्यक्तित्व शिवराज गौतमले भनेझैं मृत्यु अनपेक्षित भइदिन्छ । उमेरका हिसावले संसारबाट पहिले हिड्नुपर्ने मान्छे पछि जान्छ र पछि हिड्नुपर्ने मान्छे पहिले नै । हो, दाङ जिल्लाका एक अथक योद्धा श्रीमणि आचार्यको सन्दर्भमा पनि त्यही भएको छ– अनपेक्षित मृत्यु ।

श्रीमणि आचार्य लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो र उहाँले काठमाडौंमा उपचार गराइरहनुभएको थियो । गएको दशैंमा एमाले दाङले ‘दशैं मिलन समारोह’को आयोजना गरेको थियो । त्यतिबेला उहाँ उपचारमै हुनुहुन्थ्यो । समारोहमा टेलिभिजन स्क्रिनमा श्रीमणिजीका शुभकामना शव्दहरु सुनाइएको थियो र उहाँको अस्वस्थ शरीरको दृश्य पनि । यस्सो हेरें– साह्रै दुब्लो भइसक्नुभएको थियो त्यतिबेला नै उहाँ । मृत्यु यति नजिकै हुँदा पनि उहाँमा पुरानै दृढ विश्वास, साहस र सपनाहरु उस्तै थिए । अफसोच ! आज म उनै श्रीमणिजीको मलामी गएर भर्खरै फर्किएको छु । Read the rest of this entry »